जेन–जीमा देखिएको ‘टीओबी’ को वास्तविकता

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ९, २०८२

काठमाडौं – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलाई उग्र बनाउन भूमिका खेलेको आरोप लाग्दै आएको टीओबी (TOB) समूहबारेको पहिचान स्पष्ट भएको छ। प्रहरी अनुसन्धानले यस समूह तिब्बती मूलको अपराधी ग्याङ नभई नेपाली युवाहरूले बनाएको बाइकर्स समूह भएको तथ्य सार्वजनिक गरेको छ। समूहमा तिब्बती पहिचान राख्ने तेन्जिन दावा लामा मात्र अपवाद रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार, तेन्जिनका लागि टीओबीको अर्थ ‘Tibetan Original Blood’ भए पनि, बाँकी सदस्यहरूको बुझाइमा यसको अर्थ ‘The Original Brothers’ मात्रै रहेको छ। सामाजिक सञ्जालमा पनि यही नाम प्रयोग भएको प्रहरीको निष्कर्ष छ।


प्रदर्शनका क्रममा मोटरसाइकलको चर्को आवाज, भिड बढाउने गतिविधि र उक्साहटपूर्ण हर्कत देखिएको आरोपमा परेका सदस्यमध्ये तेन्जिन दावा लामा बाहेक सबै नेपाली नागरिक रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ

बिजुलीबजार क्षेत्रमा पेस्तोल देखाएको भिडियोका आधारमा पक्राउ परेका तेन्जिनमाथि सुरुवाती रूपमा अभद्र व्यवहारको मुद्दा चलाइए पनि उक्त भिडियो आन्दोलनताका नभई संगीत भिडियो छायांकनकै भएको प्रहरीको भनाइ छ।
तर, उनीमाथि लिखत, नागरिकता–राहदानी, तथा लागूऔषधसम्बन्धी मुद्दाहरूमा थप अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *