साविक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ८

काठमाण्डौँ । कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले विराटनगर किङ्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित हात पारेको छ।

१३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ९ विकेट गुमाएर १२६ रन बनायो ।

जनकपुरका लागि जोन निकल इटनले सर्वाधिक ४१ रन बनाए । लाहिरू मिलन्था २३, सन्जय कृष्णमूर्ती २०, आशिफ शेख १३, अनिल शाह र मयन यादव समान चाररचार रन, संगीत कुरे र आदित्य महता शून्यमा आउट भए ।

विराटनगरका लागि कप्तान लामिछानेले चार ओभरमा ११ रन दिँदै चार विकेट लिए । सूर्य तामाङ दुई र शुभम रन्जने र मर्चेन्ट द लेंगेले समान एक एक विकेट लिए ।

नेपाल प्रिमियर लिगको आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनाएको थियो । विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रन बनाए । लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रन बनाए। नारायण जोशी दुई रन बनाएर आउट भए भने मर्चेन्ट द लेंगेले खाता खोल्न सकेनन् ।

प्रतिश जिसी २ रन र सन्दीप लामिछाने १ रनमा नटआउट रहे ।

पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकालेको थियो । यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बनेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Sean2318

    November 25, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *