|
२०८२ मंसिर ८
काठमाण्डौँ । अमेरिकाद्वारा प्रस्तावित रुस–युक्रेन युद्ध अन्त्य गर्ने शान्ति योजनाबारे जेनेभामा भएको वार्ता सकारात्मक रहेको अमेरिकी विदेश मन्त्री मार्को रुबियोले बताएका छन् ।
युक्रेनी तथा युरोपेली वार्ताकारहरूसँगको छलफलपछि उनले अझै केही काम बाँकी रहेको उल्लेख गरे। रुबियोका अनुसार राष्ट्रपति ट्रम्पको टोलीले युक्रेनको चिन्ता सुन्ने संकेत राष्ट्रपति जेलेन्स्कीबाट पनि पाइएको छ।
सार्वजनिक भएका प्रस्तावहरू रुसपक्षीय भएको आलोचना भइरहेका बीच पुटिनले भने यसलाई समाधानको आधारका रूपमा स्वागत गरेका थिए। यता जेलेन्स्कीले युक्रेनले कठिन निर्णयहरूको सामना गर्नुपर्ने सम्भावना रहेको बताएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्