रेखा खोलामा पुरुषको शव, दुई जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

झापा — बिर्तामोड–७ मियाबारी नजिकैको रेखा खोलामा एक पुरुषको शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

गएराति स्थानीयले खोलामा ५२ वर्षीय आनन्द चौधरी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै अनारमनी इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटना स्थल पुगेको डीएसपी विजय श्रेष्ठले बताए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकै क्रममा सोही क्षेत्रका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिएर थप छानबिन सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *