सन्तोष परियार नेतृत्वमा नयाँ पार्टी घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाडौं— नेपालको वैकल्पिक वाम–लोकतान्त्रिक राजनीति समेट्ने उद्देश्यसहित तीन शक्तिबीच गरिएको एकतापछिको प्रगतिशील लोकतान्त्रिक पार्टी आज (आइतबार) औपचारिक रूपमा सार्वजनिक हुँदैछ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १२:३० बजे हुने घोषणा समारोहको तयारी पूरा भएको जानकारी नेता सुदन किराँतीले दिएका छन्।

यसअघि कात्तिक १९ गते १० वाम घटकहरूले मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गरेसँगै नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र छाडेर प्रगतिशील राष्ट्रिय अभियान स्थापना गरेका थिए। त्यसपछि सन्तोष परियार पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै नयाँ राजनीतिक सहयात्रामा उत्रिएका थिए।

कात्तिक २८ गते बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान र सन्तोष परियारबीच एकता सम्झौता सम्पन्न भएको थियो। उक्त सहमतिअनुसार गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार औपचारिक रूपमा सार्वजनिक हुँदैछ।

घोषणा कार्यक्रमको अध्यक्षता सन्तोष परियार स्वयंले गर्नेछन्।
यससँगै दलको निर्वाचन आयोगमा दर्ता प्रक्रिया पनि पूरा भइसकेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *