प्रधानमन्त्रीलाई कुलपति नबनाउने कानुन ल्याउन सरकारको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाडौं । सरकारले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउन पहल सुरु गरेको छ। शिक्षा मन्त्रालयले उपकुलपति तथा विज्ञहरू समेटेर समिति गठन गर्ने तयारी गरेको छ, जसको सिफारिसका आधारमा उच्च शिक्षा मापदण्ड ऐनमा संशोधन गरिनेछ।

हाल १० विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था छ। तर राजनीतिक हस्तक्षेप बढेको आरोपपछि यो व्यवस्था हटाउनुपर्ने सुझाव विशेषज्ञहरूले दिएका छन्। उनीहरूको भनाइअनुसार कुलपति प्रधानमन्त्री नहुँदा विश्वविद्यालय स्वायत्त हुनेछ र उपकुलपति, रेक्टर, रजिस्टारजस्ता पदमा राजनीतिक भागबण्डा घट्नेछ।

मन्त्रालयले तयार पारेको मस्यौदामा ‘प्रधानमन्त्री कुलपति नहुने’ प्रावधान राखिँदैछ। प्रत्येक विश्वविद्यालयको छुट्टै ऐन पनि आवश्यकताअनुसार संशोधन गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *