बागमती करिडोरको ढल र सडक स्तरोन्नति छिट्टै समाधान हुने : मन्त्री घिसिङ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती नदी करिडोरको ढल व्यवस्थापन र सडक स्तरोन्नति कार्य छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार उनले सचिवहरू, गोकर्णेश्वर नगरपालिकाका मेयर र सम्बन्धित निकायका टोलीसँग गुहेश्वरीदेखि सुन्दरीजलसम्मको क्षेत्र स्थलगत निरीक्षण गर्दै नदी किनारको फोहर व्यवस्थापन, ढल प्रणाली, सडक विस्तार र स्तरोन्नति कार्यमा देखिएका समस्या तुरुन्त समाधान गरिने बताए।

उनले समन्वय अभाव रहेको विभाग तथा निकायबीचको समस्या शीघ्र समाधान हुने उल्लेख गर्दै ढल प्रशोधन केन्द्र स्थापना, करिडोर सडक कालोपत्रे तथा मर्मतलाई उच्च प्राथमिकता दिइने जानकारी दिए। साथै, नदी किनारमा छाडिएका गाडी हटाउन उपकरण उपलब्ध गराइने र चावहिल–सुन्दरीजल सडकका बाँकी पुल निर्माण जल्दीतर्फ अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *