प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ नायब निरीक्षकसम्मलाई दुई लाखसम्म आकस्मिक सहुलियत ऋण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २७

काठमाडौँ – प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले नेपाल प्रहरीका तल्लो तहका कर्मचारीहरूलाई आकस्मिक अवस्थामा सहयोग पुर्‍याउन दुई लाख रुपैयाँसम्मको सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरेका छन्।

बिहीबार प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। यस अन्तर्गत प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षक (स.न.नि.) सम्मका प्रहरी कर्मचारी र तिनका आश्रित परिवारहरू लाभान्वित हुनेछन्।

यो ऋण स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत आकस्मिक आवश्यकताहरू पूरा गर्न उपलब्ध गराइनेछ। ५ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्म ऋण दिइनेछ, जसलाई १ वर्षभित्र किस्ताबन्दीमा चुक्ता गर्नुपर्नेछ।

यसका लागि नेपाल प्रहरीको कल्याण कोषबाट चालु आर्थिक वर्ष २०८२/०८३ मा अधिकतम १० करोड रुपैयाँसम्मको कोष खडा गरिने भएको छ। आवश्यक मापदण्ड तयार गरी उक्त कर्जा कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखाबाट सञ्चालन गरिने निर्णय गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *