घर फर्क अभियान’सँगै अनेरास्ववियुमा कलह, केन्द्रीय बैठकको माग बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २७, २०८२

काठमाडौ ।  नेकपा एमाले निकट अनेरास्ववियुमा अध्यक्ष डा. सुजन कडरिया र महासचिव दीपक धामीबीच तीव्र विवाद सतहमा आएको छ। जेनजी आन्दोलनका क्रममा राजीनामा दिएका अध्यक्ष कडरिया संगठनमा फर्किएपछि उनलाई स्वागत गर्ने र रोक्ने पक्षबीच मतभेद चर्किएको हो।

महासचिव धामीले कडरियालाई गैरजिम्मेवार र अनुशासनहीन भन्दै संगठनका गतिविधिबाट टाढा रहन चेतावनी दिएका छन् भने उपमहासचिव कमल जोशीले धामीमाथि पद हडप्ने आरोप लगाउँदै अध्यक्ष कडरियालाई हटाउने षड्यन्त्र नगर्न आग्रह गरेका छन्।

उपाध्यक्ष विकास श्रेष्ठ र अन्य पदाधिकारीहरूले विवाद समाधानका लागि तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्। संगठनभित्र एकता र सहकार्यका लागि छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *