एनपीएलको ट्रफि काठमाण्डू गोर्खाजले जित्ने कप्तान करण केसीको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ ।

बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो ।

सोहीक्रममा काठमान्डू गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आएपनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन् ।

उनले काठमाण्डौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताएका छन् ।

‘यो सबै खेलकुदको कुरा हो, जसले नेपाललाई चिनाई रहेको छ । यसकारणले नै हामीले मेहेनत गरेर तपाईहरु सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छ । उनले भने,

एनपीएलको ट्रफी पहिलो पटक काठमाण्डौं आई पुगेको छ तर अन्तिममा पनि यही नै आउने छ हामी जितेर यो ट्रफीलाई फेरि यही ल्याउने छौँ । यो ट्रफीको तपाईंहरुलाई फेरि दर्शन गराउने छु । फाइनलसम्म साथ दिनु होला जितेर सँगै ट्रफी ल्याउनुपर्छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *