नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच सहमति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’काबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। बुधबार पेरिसडँडामा आयोजित कार्यक्रममा हस्ताक्षर भएको हो ।

७ बुँदे सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र रावलले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा ६ महिनाभित्र राष्ट्रिय एकताको महाधिवेशन गर्ने, सामूहिक नेतृत्व प्रणाली हुने र रावलको जिम्मेवारी चाँडै टुंग्याउने उल्लेख गरिएको छ।

यस्तै, आजै नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको अभिायनबीच एकताको घोषणा गर्न औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *