समाजवादी मोर्चाबाट नेकपा अलग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ।

महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै मोर्चाले अपेक्षित रूपमा काम गर्न नसकेकाले अलग भएको बताएका छन्।

उनका अनुसार, जेनजी विद्रोहपछि राजनीतिक परिवेशमा आएको परिवर्तन र अन्य दलहरूको एकता प्रक्रियाका कारण मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष नेकपाले निकालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *