|
२०८२ कार्तिक २५
काठमाण्डौँ । सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनको पहिलो हप्ता आयोजना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
यस्तै बैठकले प्रतियोगिताका लागि ६३ करोड बजेट छुट्टाउने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रतियोगिताका लागि ५४ करोड विनियोजन गरेको थियो । तर, सोमवारको निर्णयसँगै प्रतियोगिताको बजेट ६३ करोड पुगेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को गएको बुधवार बसेको बोर्ड बैठकले राष्ट्रिय प्रतियोगिता फागुनको १ देखि ७ गते आयोजना गर्ने निर्णय गरेको थियो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्