महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २५, २०८२

काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले किरात भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

समाज सुधारका लागि उनले ‘सत्य धर्म मुचुल्का’ नामक नीति विसं १९८८ वैशाख २४ गते जारी गरेका थिए । विसं २००५ मा उनको निधन भएको थियो । उनको योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई विसं २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

पूर्वी पहाडी जिल्लासहित राजधानीमा पनि किरात समुदायले आज विविध कार्यक्रम आयोजना गरी फाल्गुनन्द जयन्ती मनाउँदै छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *