कामाण्डौँ महानगरपालिमा भित्र खुला रुपमा फोहरमैला बाल्न निषेध

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाण्डौँ । काठमाण्डौं महानगरपालिकाले खुला रूपमा फोहरमैला बाल्न निषेध गरेको छ। महानगरपालिका वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै खुला रूपमा प्लाष्टिकजन्य फोहरमैला तथा अन्य फोहर जलाउने जस्ता कार्य बन्द गरेको जानकारी दिएको हो ।

विभागका अनुसार जाडो याममा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने र यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छ । विशेष गरि बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता स्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरू बढी प्रभावित हुन्छन् ।

‘काठमाडौं महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लाष्टिकजन्य फोहरमैला तथा अन्य फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको जानकारी गराइन्छ,’सूचनामा उल्लेख छ ।

यस्ता कार्यहरू कहीं कतै कसैले गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *