|
२०८२ कार्तिक २४
काठमाण्डौँ । विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई अनुबन्ध गरेको छ ।
पहिलो संस्करणमा जनकपुर बोल्ड्समा रही उपाधि जिताएका पुबुदु यसपटक विराटनगर किङ्सको प्रमुख प्रशिक्षकमा अनुबन्धित भएका हुन् । उनी नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पनि हुन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले मार्टिन गप्टिल, फाफ डु प्लेसिसजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी भित्र्याइसकेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्