|
२०८२ कार्तिक २३
काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरू हुँन अब ८ दिन मात्र बाँकी छ। ८ फ्रेञ्चाइज टोलीबीच मंसिर १ देखि २७ गतेसम्म हुने एनपिएल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ।
यसपटकदेखि दर्शकहरूले प्यारापिटको सिटमा बसेर क्रिकेट हेर्न पाउनेछन्। गत वर्षदेखि सरकारले मैदानको स्तरोन्नती गरेर दश हजार सिट क्षमताक प्यारपिट निर्माण गरेको हो। प्यारापिटको निर्माण सकिएको छ भने रंगरोगन र सरसफाइको काम भने बाँकी नै छ।
२७ दिनमा एनपिएलका ३२ खेल हुनेछन् । तीन खेलहरू फ्लडलाइटमा राति खेलाउने क्यानको योजना छ। तर प्यारापिटको फ्लड लाइट जडानको काम भने अझै सकिएको छैन। क्यान प्रवक्ता छुम्बी लामाका अनुसार फ्लडलाइट जडान गर्ने कम्पनीले एनपिएलअघि लाइट जडान गर्ने प्रतिबद्धता जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्