बालेनविरुद्ध लड्ने घोषणा गर्दै सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईं

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाण्डौँ । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन् ।

सुकुम्बासीबस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखा परेका हुन् । उनले त्यहाँ भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौं महानगरका मेयर बालेनविरुद्ध लड्न आफूले सहयोग गर्ने र मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन सुकुम्बासीहरुलाई आह्वान समेत गरेका छन् ।

प्रसाईंले सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने कडा चेतावनी दिएका छन् । उनले सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनीसमेत दिएका छन् ।

दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको बताउँदै प्रसाईंले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *