नेपालको युवतीको शक्ति प्रदर्शन — काभा यू–१९ भलिबलको फाइनल यात्रा तय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाडौं – नेपाल श्रीलंकामा जारी काभा महिला यू–१९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

माल्दिभ्सलाई एकतर्फी खेलमा ३–० सेटले हराउँदै नेपालले फाइनलमा स्थान सुनिश्चित गरेको हो। नेपालले सहज जित निकाल्दै माल्दिभ्सलाई २५–११, २५–३ र २५–५ को सेटमा पराजित गरेको थियो।

अब नेपालले आइतवार हुने फाइनल खेलमा कीर्गिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। कीर्गिस्तानले पहिलो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ३–० (२६–२४, २५–२१, २५–१५) ले हराउँदै फाइनलमा पुगेको हो।

यसअघि समूह चरणमा नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो। प्रतियोगितामा कुल चार टोली सहभागी रहेका छन्।
भोलि फाइनलसँगै तेस्रो स्थानको खेल समेत हुनेछ।

गत वर्ष नेपालले काभा महिला यू–२० भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *