बसको ठक्करबाट एकजनाको मृत्यु,१७ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाडौं ।  मकवानपुर र गोरखामा छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु र १७ जना घाइते भएका छन्।

मकवानपुरको हेटौँडा–९ माष्टरचोकमा बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ३२ वर्षीय पैदल यात्रीको मृत्यु भएको छ। बस चालक सुजय कुमार सिंह (३३, महोत्तरी) लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेमा बा ४ ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन्। दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भई प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका छन्। उक्त माइक्रोबसमा १९ जना यात्रु सवार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *