माग पूरा नभए सडक र पहाड दुवैबाट आवाज उठ्छ’ — विप्लव”

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी पुस्ताको आन्दोलनका मागहरू बेवास्ता भए देशमा ठूलो जनविद्रोह भड्किन सक्ने चेतावनी दिएका छन्।

बिहीबार राजधानीको भृकुटीमण्डपमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले सुशीला कार्की नेतृत्वको सरकार “रहस्यमय ढंगले गठन भएको” आरोप लगाउँदै त्यसलाई तत्काल भङ्ग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गरे।

उनका अनुसार, जेनजी आन्दोलनले नेपालको संसदीय व्यवस्थाको असफलता स्पष्ट रूपमा उजागर गरेको छ। “संसद विघटनपछि कुशासन र भ्रष्टाचारको जालोले देश लुट्ने समूहहरूलाई अझ बलियो बनाएको छ, अब जनता त्यसको विरुद्ध उठ्नैपर्छ,” उनले भने।

विप्लवले संविधान संशोधन वा पुनर्लेखन आवश्यक रहेको उल्लेख गर्दै राज्य पुनर्संरचना जनताको हित र राष्ट्रिय आवश्यकताअनुसार गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, जेनजी आन्दोलनका जायज मागप्रति राजनीतिक दलहरू गम्भीर नहुनुले देश फेरि अस्थिरतातर्फ धकेलिने जोखिम बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *