कीर्तिपुर मैदानमा पुनर्निर्माणको काम हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २०

काठमाण्डौँ । त्रिवि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती कार्य धमाधम भइरहेको छ । एनपीएलको दोस्रो संस्करण सुरु हुन केही समय बाँकी छ यद्यपी कीर्तिपुर मैदानमा पुनर्निर्माणको काम धमाधाम भइरहेको हो ।

अहिले स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । मङ्सिर १ देखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलका लागि निर्माण कार्य सम्पन्न भइसक्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

डेढ वर्षदेखि निर्माण कार्य सुरु भएको मैदान परिसरको प्यारापिटमा सिट राख्ने काम सकिएको छ । अहिले फ्लडलाइट जडान, मैदानको सरसफाइ र क्रिज पेल्ने काम भइरहेको छ । त्यस्तै तार जाली लगाउने र पार्किङ बनाउने काम भइरहेको क्यानले जनाएको छ ।

रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०र३० टनका हाइमास्ट लाइट जडान गर्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *