नेपाली कम्युनिस्ट पार्टीले सार्वजनिक २३ बुँदे घोषणापत्र गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १९

काठमाण्डौँ । १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ । काठमाण्डौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच बुधबार एकता घोषणा गरिएको हो ।

पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।

नेकपा माओवादी र नेकपा एससहितका विभिन्न १० वटा घटक मिलेर नयाँ दल घोषणा गरिएको हो ।

पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।

नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *