|
२०८२ कार्तिक १९
काठमाडौँ — राजधानीमा भएको जेन–जी आन्दोलनका क्रममा नयाँबानेश्वरस्थित प्रहरी वृत्तमा आगजनी र क्षति पु–याउने घटनामा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार धनुषा स्थायी घर भई हाल ललितपुर महानगरपालिका–महालक्ष्मी बसोबास गर्दै आएका १८ वर्षीय शिवम् चौधरी पक्राउ परेका हुन्। भदौ २४ गतेको प्रदर्शनका समयमा सिंहदरबार र संसद भवन वरपर तोडफोड गर्नुका साथै प्रहरी वृत्त बानेश्वरको भवन र सवारीसाधनमा आगजनी गरिएको थियो।
प्रहरी प्रवक्ता उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चौधरीले घटनास्थलमा प्रहरीमाथि दुर्व्यवहार गर्न तथा भीडलाई आक्रामक बनाउन उक्साउने कार्य गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनका अनुसार चौधरीमाथि हाल थप अनुसन्धान अघि बढाइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्