माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबीच १८ बुँदे एकता सहमति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १७

काठमाडौं – नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ दलबीच १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। उनीहरूले चुनाव चिन्हका लागि पाँच कुने तारा तोकेका छन्। तर एकता पछि दलको नाम भने अहिलेसम्म निर्णय भइसकेको छैन।

सहमति पत्रमा नेकपाका महासचिव चिरन पुन, नेकपा साजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले पनि हस्ताक्षर गरेका छन्।

सहमति पत्रअनुसार नयाँ पार्टीको सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ। साथै, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने निर्णय समेत भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *