|
२०८२ कार्तिक १७
काठमाडौं — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शीर्ष नेताहरूको बैठक आज बिहान ९ बजे ललितपुरको धोबीघाटमा बोलाएका छन्। महाधिवेशनको समयबारे मतभेदका कारण कांग्रेस केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि नयाँ नेतृत्वसहित जानुपर्ने पक्षमा छन् भने पूर्व पदाधिकारीहरूको समूह चुनावअघि महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको छ। यही विवादका बीच तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बस्दै आएको भए पनि सहमति नजुटेकाले केन्द्रीय समिति बैठक भोलि मंगलबारका लागि सारिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्