|
२०८२ कार्तिक १४
काठमाडौं । सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै आज विश्वका विभिन्न देशमा ‘जनकेन्द्रित स्मार्ट सहर’ नारासहित विश्व सहरीकरण दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवसको अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम आयोजना हुँदैछ। सन् २०१४ देखि मनाइँदै आएको यस दिवसले प्रत्येक वर्ष फरक–फरक सहरमा विश्वस्तरीय कार्यक्रममार्फत सहरी विकासका मुद्दा उठाउँदै आएको छ।
यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास संकट लगायतका विश्वव्यापी चुनौतीहरूको समाधानका लागि दिगो, समान र समावेशी सहर निर्माणमा विश्वव्यापी सहकार्य प्रवर्द्धन गर्नु हो।
राष्ट्रसंघका अनुसार हाल विश्वको आधाभन्दा बढी जनसंख्या सहरी क्षेत्रमा केन्द्रित रहेकोले सहरी क्षेत्रको दिगो विकास अब अपरिहार्य भएको बताइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्