|
२०८२ कार्तिक १२
काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमाण्डौं गोर्खाजले एनपीएलको दोस्रो संस्करणमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसलाई निरन्तरता दिएको छ ।
बुधबार काठमाडौं गोर्खाजले इरास्मसलाई एनपीएलको दोस्रो संस्करणमा पनि भित्र्याएको जनाएको हो ।
उनी सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका छन् । इरास्मसले २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए ।
सन् २०२४ को पुरुष एसोसिएट ुक्रिकेटर अफ द इयरु हुने क्रममा इरास्मसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग २ का खेलमा २८ रन खर्चेर ५ विकेट लिएका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो ।
काठमाडौं गोर्खाजले आउँदो सिजनको एनपीएलका लागि भित्र्याइएका उनी दोस्रो विदेशी खेलाडी हुन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्