काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराएर नेपाल पाँचौ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ११

काठमाण्डौँ । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौ भएको छ ।

ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धातमक बनेको पहिलो सेट टाईब्रेकमा २९-२७ ले आफ्नो पक्षमा पार्दै नेपालले १-० को अग्रता लिएको थियो । त्यसपछि दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै नेपालले २-० को अग्रता बनाएको थियो । तर तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दा टाईब्रेकमा ३७-३५ ले माल्दिभ्सले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमनको प्रयास गरेको थियो । तर चौथो सेटमा सुरुवात देखि नै हावी बनेको नेपालले उक्त सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

प्रतियोगितामा नेपालले माल्दिभ्सलाई दोस्रो पटक पराजित गरेको हो । लिग चरणमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । लिग चरणमा नेपाल एक खेल जितेर पाँचौ तथा सबै पाँच खेल हारेको माल्दिभ्स छैटौं भएको थियो ।

लिग चरणमा नेपालले तुर्कमेनिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासँग भने हार व्यहोरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *