|
२०८२ कार्तिक ११
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारका लागि सिंगापुर पुगेका छन्। उनीहरू विमानस्थलबाट बाहिरिँदा ह्विलचेयरमा देखिएका थिए।
भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा देउवा दम्पती घाइते भएका थिए। त्यसपछि स्वास्थ्य परीक्षणका लागि उनीहरू सोमबार राति ११ बजे सिंगापुर प्रस्थान गरेका हुन्।
असोज २८ गते देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्