मधेश यात्रामा तीन मन्त्री

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

काठमाडौं । नेपाल सरकारका तीन मन्त्रीसहितको टोली आज मधेश प्रदेशतर्फ प्रस्थान गर्दैछ ।
गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगालसहितको टोली मधेश प्रदेशको राजधानी जनकपुर जाँदैछ ।

मन्त्रीहरुको टोलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिने जनाएको छ । टोली दुई दिन—सोमबार र मंगलबार—मधेश प्रदेशमा रहने छ ।

यस क्रममा उनीहरूले सुरक्षा निकायका कार्यालय अवलोकन, सरकारी निकायका प्रमुखहरूसँग अन्तर्क्रिया, साथै छठ पर्वका कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

छठ पर्वको अवसरमा मधेश प्रदेशमा ठूलो संख्यामा भक्तजनको भीड हुने भएकाले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकार उच्च सतर्कतामा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *