नेपाल अफगानिस्तानसँग सोझो सेटमा पराजित, शीर्ष दुईमा रहेर फाइनल पुग्ने नेपालको सम्भावना समाप्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ९

काठमाण्डौँ । काभा कप पुरुष भलिबलमा नेपाल अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।

बङ्गलादेशको ढाकामा रहेको इन्डर हलमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग २५–१८, २५–१७ र २५–२१ ले पराजित भयो । प्रतियोगितामा नेपालको यो तेस्रो हार बेहोरेको हो । योसँगै नेपाल शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना सकिएको छ ।

यसअघि नेपाल तुर्कमेनिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *