|
२०८२ कार्तिक ८
काठमाण्डौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरूले छलफल गरेका हुन् ।
बैठकमा वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्ने विषयमा पनि छलफल भएको छ । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको छ ।
अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढङ्गले प्रस्तुत भइदिन पनि उनले सबैलाई आग्रह गरेका छन् । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्रीअर्याल, गृहसचिव दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी रहेका थिए । बैठक करिब २ घण्टा चलेको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्