काठमाण्डौँ । केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ ।
गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि तय गरेको छैन ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम एकदुई दिनभित्र केन्द्रीय सचिवालय बैठक बसेर महाधिवेशन प्रतिनिधि छनोटको विधि र मापदण्ड तय गर्ने बताउँछन् । उनका अनुसार सचिवालय बैठक अघि संगठन विभागले महाधिवेशन प्रतिनिधि छान्ने विधि र मापदण्डको खाका तय गर्नेछ ।
विभागले तय गरेको विधि र मापदण्डको खाकालाई सचिवालयले आवश्यक हेरफेर गर्दै अन्तिम रूप दिएर सर्कुलर पठाउने छ । गौतमका अनुसार मुलुकको राजनीतिमा निकै ठुलो उलटफेर भएबाहेक महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेछ ।
गौतमले अब बस्ने सचिवालय बैठकले महाधिवेशन छनोटको मापदण्ड तय गर्दै क्यालेण्डर सार्वजनिक गर्ने बताए । उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र, जनसंगठन र विभाग गरी तीन वटा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि छनोट हुनेछन् ।
‘महाधिवेशन प्रतिनिधि छनोट गर्न कुनै समस्या छैन । हरेक जिल्ला कमिटीले गराउने भएकाले केन्द्रलाई कुनै भार पर्दैन । जिल्लाले छनोट गरेका प्रतिनिधि र उनीहरूको फोटो केन्द्रमा पठाएसँगै केन्द्रले रुजु गरी महाधिवेशन प्रतिनिधि फाइनल गरिने एमालेले जनाएको छ ।
नेकपा एमालेका साढे ६ लाख सदस्य छन् । सदस्यता संख्याका आधारमा महाधिवेशन छनोटको विधि बनाउने एमालेको तयारी छ । अघिल्लो महाधिवेशनको तुलनामा प्रतिशतका हिसाबले २८ प्रतिशत सदस्य संख्या बढेको एमालेले जनाएको छ ।
‘


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्