|
२०८२ कार्तिक ७
काठमाडौं । बंगलादेशमा जारी काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ।
ढाकास्थित इन्डोर हलमा शुक्रबार भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई क्रमशः २५–२१, २५–२३ र २५–१८ को सेटमा हराएको हो। यस जितसँगै नेपालले तीन खेलबाट ४ अंक जोडेको छ।
यसअघि नेपाल पहिलो खेलमा तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग कडा प्रतिस्पर्धामा ३–२ को सेटमा पराजित भएको थियो।
आजै सम्पन्न पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ। आजको अन्तिम खेलमा घरेलु टोली बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्