बसमा आगलागी, १० जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ७, २०८२

काठमाडौं । भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिक आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ।

बसमा ४२ जना सवार थिए र आगलागीपछि बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

केही यात्रु गम्भीर घाइते भएका छन् र मृतक संख्या बढ्ने आशंका गरिएको छ।

प्रारम्भिक जानकारीअनुसार एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको बताइएको छ, तर कारण आधिकारिक रूपमा पुष्टि गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *