कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ६

झापा। झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटका कारण ३० वर्षीय जगन राजवंशीको मृत्यु भएको छ।

बुधबार राति राजवंशी र केही व्यक्तिबीच भएको झगडामा उनीमाथि कुटपिट भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।


घाइते अवस्थाका राजवंशीलाई उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।


घटनामा संलग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *