|
कार्तिक ६, २०८२
काठमाडौँ ।आतिशबाजीको सुरुवात चीनमा भएको मानिन्छ। ईसापूर्व दोस्रो शताब्दीमा चिनियाँहरूले बाँसका टुक्रा आगोमा हाल्दा फुट्ने आवाजबाट दुष्ट आत्मा भगाउने विश्वास गर्थे।
पछि त्यहाँका रसायनशास्त्रीहरूले बारुद (गनपाउडर)को खोज गरे र त्यसलाई बाँस वा कागजका नलीमा भरेर पहिलो पटक पटाका पड्काए। यही प्रयोगबाट नै आधुनिक आतिशबाजीको सुरुवात भएको हो।
पछि यो परम्परा र प्रविधि व्यापार र यात्रामार्फत युरोपसम्म फैलियो।
आज विश्वभर उत्सव, चाडपर्व र समारोहहरूमा पटाका मनोरञ्जनको प्रमुख भाग बनेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्