ओलीको अहंकारले निम्त्यायो २४ गतेको विध्वंस : प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ६

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गतेको भयानक घटनाको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार भएको आरोप लगाएका छन्।

महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रममा उनले भने, “यदि ओलीले २३ गते नै राजीनामा दिएका भए, २४ गतेको विध्वंस हुन सक्दैनथ्यो।”

उनका अनुसार जेन्जी आन्दोलनका युवाहरूको जायज मागप्रति सरकारले संवेदनशील नबनी दमन र हत्या गरेर इतिहासमै नबिर्सिने परिघटना सिर्जना गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *