|
२०८२ कार्तिक ५
काठमाडौं — बंगलादेशको ढाकामा सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा हार बेहोर्नु परेको छ। दबाबपूर्ण क्षणहरूमा चुक्दा नेपाल जितको ढोका खोलेर पनि त्यसमा प्रवेश गर्न सकेन।
पहिलो सेटको संघर्ष, दोस्रो सेटको निराशा र तेस्रो सेटको खेर गएको अग्रता — यिनै तीन अध्यायमा नेपालले आफ्नो पहिलो खेल समापन गर्यो।
तुर्कमेनिस्तानले नेपाललाई २५–२२, २५–१८ र २७–२५ को सेट स्कोरमा हरायो। विशेषगरी तेस्रो सेटमा नेपालको प्रदर्शन उत्साहजनक थियो। नेपाल एक समय २१–१६ को बलियो अग्रतामा पुगिसकेको थियो। तर अन्त्यतिर लय गुमाउँदै सेट टाइब्रेकमा गएको थियो र अन्ततः नेपालले २७–२५ ले सेट गुमायो। भोलि नेपाल बांग्लादेश संग खेल्नेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्