|
२०८२ कार्तिक ४
काठमाडौं । भरतपुर विमानस्थल नजिक स्कुटर अनियन्त्रित भई पल्टिँदा दुई युवाको मृत्यु भएको छ।
सोमबार दिउँसो भएको दुर्घटनामा भरतपुर-२१ का २५ वर्षीय स्कुटर चालक सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए।
दुवैको भरतपुर अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्