समयमै हवाई उद्धार हुँदा जोगियो गर्भवतीको ज्यान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको ज्यान समयमै गरिएको हवाई उद्धारले जोगिएको छ। सुत्केरी व्यथाले ग्रस्त तामाङको स्वास्थ्य अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरस्थित कोशी अस्पतालमा पुर्‍याइएको हो।

आइतबार बेलुका सुत्केरीका लागि पाथिभरा स्वास्थ्य चौकी पुगेकी तामाङको परीक्षणका क्रममा नवजात शिशुको अवस्था जटिल देखिएपछि चिकित्सकहरूले तत्काल रेफर गरेका थिए। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो’, प्रमुख जिल्ला अधिकारी थपलियाले बताइन्।
राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सीता तामाङलाई विराटनगरको कोशी अस्पतालमा लगिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *