|
२०८२ कार्तिक ३
काठमाडौं । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–८ मा सोमबार बिहान ट्यांकरले ठक्कर दिँदा स्कुटर चालक ४२ वर्षीय वीर बहादुर सिञ्जालीको ज्यान गएको छ।
लु ५५ प २९४८ नम्बरको स्कुटरलाई लु १ ख ६६३४ नम्बरको तेल ट्यांकरले ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर पछाडि सवार चन्द्रबहादुर गाहा (२३) र समीर जंग कुमाल (३१) घाइते भएका छन्।
ट्यांकर १५ मिटर तल खसेको प्रहरीले जनाएको छ। चालक खलकराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्