महासचिव राईको निलम्बन अवैधानिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले महासचिव किरण राईलाई गरिएको निलम्बन आधिकारिक नभएको बताएका छन्।

प्रवक्ता शाहले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आफूलाई कार्यवाहक अध्यक्ष घोषणा गरी महासचिव राईलाई गरेको निलम्बन वैधानिक नभएको दाबी गरेका हुन्।

उनका अनुसार महासचिव राईलाई निलम्बन गर्ने पत्रहरू एन्फा सचिवालयमा आधिकारिक रूपमा दर्ता नभएको, पत्रहरूमा प्रयोग गरिएको छाप तथा चलानी पनि संघको अधिकृत नभएको बताएका छन्।

शाहले वरिष्ठ उपाध्यक्ष खड्कासँग एन्फाको विधान तथा अन्य कानुनी व्यवस्था अनुसार कुनै पनि निलम्बन गर्ने अधिकार नभएको स्पष्ट पारेका छन्।

यसअघि खड्काले महासचिव राईलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएको भन्दै अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरेको घोषणा गरेका थिए। तर, शाहले उक्त निर्णय विधान, विधि र पद्धति विपरीत भएको जिकिर गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *