|
२०८२ कार्तिक १
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद् पुनःस्थापनाको मागलाई हास्यास्पद र विडम्बनापूर्ण बताएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ओलीकै पालामा संसद् विघटन भएको स्मरण गराउँदै अहिले पुनःस्थापनाको कुरा गर्नु विरोधाभासी भएको बताएका हुन्।
एमालेले आगामी फागुन २१ मा तोकिएको चुनाव हुन नसक्ने भन्दै संसद् पुनःस्थापनालाई एजेन्डा बनाएको छ। यस्तै मागलाई प्रचण्डले कटाक्ष गर्दै खारेकाले पुनःस्थापनाको कुरा गर्नु राजनीतिक हास्यजनकता भएको उल्लेख गरे।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्