हरिहजुर थापा पुनः नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा पुनः हरिहजुर थापा नियुक्त भएका छन्। नेपाल भलिबल संघले आगामी काभा पुरुष भलिबल नेसन्स लिग २०२५ का लागि उनलाई कप्तानको जिम्मेवारी दिएको हो।

प्रतियोगिता कार्तिक ५ देखि ११ गतेसम्म (अक्टोबर २२–२८) बंगलादेशको राजधानी ढाकामा आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र तुर्कमेनिस्तान गरी ६ राष्ट्र सहभागी हुनेछन्। खेल सिंगल राउण्ड रोबिन प्रारूपमा हुनेछ, जहाँ शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

हरिहजुर थापा यसअघि पनि सिनियर टोलीको कप्तानको जिम्मेवारी निभाइसकेका छन्। भलिबल संघको ५८औं केन्द्रीय कार्यसमिति बैठकले मुख्य प्रशिक्षक भरत यादव र सहायक प्रशिक्षक उत्सव खड्काको सिफारिसमा उनलाई पुनः कप्तान नियुक्त गरेको हो।

घोषित १४ सदस्यीय नेपाली टोली यस्तो छ:

  • कप्तान: हरिहजुर थापा
  • धन बहादुर भट्ट क्षेत्री
  • धिरोज काजी वस्नेत
  • सुनिल बोहोरा
  • पहल गहतराज
  • शरण सामरी क्षेत्री
  • शैलेन्द्र यादव
  • विनोद चन्द
  • अर्जुन नेपाली
  • सफल विक
  • रविन नगरकोटी
  • नृपध्वज वस्नेत
  • सुजन सुनार
  • सन्तोष राई

प्रशिक्षक टोली

  • मुख्य प्रशिक्षक: भरत यादव
  • सहायक प्रशिक्षक: उत्सव खड्का
  • व्यवस्थापक: प्रविन श्रेष्ठ

नेपालले प्रतियोगिताको उद्घाटन खेल कार्तिक ५ गते तुर्कमेनिस्तानविरुद्ध खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *