|
२०८२ कार्तिक १
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा भारत र अस्ट्रेलियासँग खेल्ने चाहना व्यक्त गरेका छन्।
सामोआमाथिको जितपछि रोहितले विश्वकपमा उत्कृष्ट टिमहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेमा खुसी व्यक्त गरे।
उनले टिम अफिसियल, प्रशिक्षक, खेलाडीहरू र समर्थकप्रति आभार व्यक्त गर्दै छनोट चरणमा सबैको योगदानप्रति गर्व गरे।
नेपाल एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित रही उपाधि जित्दै विश्वकपमा स्थान सुरक्षित गर्न सफल भएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्