|
२०८२ आश्विन ३०
काठमाण्डौँ । जिल्ला अदालतका कामकारबाहीहरू बबरमहलमा रहेको नागरिक उड्डयन प्राधिकरणको भवनबाट सञ्चालन हुने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा जिल्ला अदालतको भवन जलेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिसँग संयुक्त भेटपछि जिल्ला अदालत काठमाडौंको काम प्राधिकरणको भवनबाट गर्ने व्यवस्था लाउन निर्देशन दिएका हुन् ।
सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेलले प्राधिकरणको भवन उपलब्ध गराउन भनेको छ । प्राधिकरण हाल सिनामंगलस्थित नयाँ भवनमा सरिसकेको छ ।
त्यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन दिएकी हुन् ।
प्राधिकरणले तत्कालका लागि ससर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्