|
२०८२ आश्विन ३०
काठमाडौँ । नेकपा (एमाले) ले निर्धारित समयभन्दा एक वर्षअघि ११औं महाधिवेशन मंसिर २७–२९ गते पोखरामा गर्ने प्रस्ताव गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणको विषय महाधिवेशनसम्म सरेको बताएका छन्। ओलीले पद छाड्न सामाजिक दबाब होइन, केन्द्रीय कमिटीको निर्णय चाहिने स्पष्ट पारेका छन्। अधिकांश केन्द्रीय सदस्यले महाधिवेशनको प्रस्तावको स्वागत गरेका छन्।
ओलीले वर्तमान सरकारलाई असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेका छन्। साथै, २३ र २४ भदौको घटनामा निष्पक्ष छानबिनको माग गर्दै वर्तमान जाँचबुझ आयोग अस्वीकार गरिएको छ। एमालेले दोषी पहिचान गरी कडा कारबाही हुनुपर्नेमा जोड दिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्