इसराइलले फेरि गजामा आक्रमण गर्न सक्छ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाडौं ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले हमासविरुद्ध फेरि गजामा आक्रमण गर्न सक्ने बताएका छन्। सीएनएनसँगको कुराकानीमा ट्रम्पले यदि आफूले अनुमति दिए भने इसराइली सेना गजाको सडकमा पुनः देखिन सक्ने चेतावनी दिएका हुन्।

हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप इसराइलले लगाएको छ। सम्झौताअनुसार ७२ घन्टाभित्र सबै जीवित र मृत बन्धक फिर्ता गर्नु पर्ने भए पनि अहिलेसम्म सबै शव फिर्ता गरिएको छैन।

यसअघि ट्रम्पकै २० बुँदे प्रस्तावमा आधारित भएर युद्धविराम घोषणा गरिएको थियो। यद्धविराम पालना नभए आक्रमण दोहोरिन सक्ने ट्रम्पले बताएका छन्।

यसबीच गजामा हजारौं नागरिक खण्डहर बनेको आफ्नो ठाउँमा फर्किरहेका छन्। इसराइली आक्रमणमा हालसम्म करिब ६८ हजार प्यालेस्टिनी मारिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *